Skip to content
Prabhu

सेयर बजार घटेको दिन सकारात्मक सर्किट लाग्ने ५ कम्पनी

काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले घटेर बन्द भयो । कारोबार रकममा पनि अघिल्लो दिनको भन्दा गिरवाट आएको दिन परिसूचक ८ अंकभन्दा बढीले घटेर बन्द भएको हो ।

समग्र रुपमा बजार घटेको दिन ५ वटा कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । आजको कारोबार बन्द हुँदा सेयर बजारमा मातृभूमि लघुवित्त वित्तीय संस्था, पिपुल्स पावर लिमिटेड, दोल्ती पावर कम्पनी, गुडविल फाइनान्स र न्यादी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

आजको कारोबार बन्द हुँदा मातृभूमि लघुवित्त, पिपुल्स पावर र दोल्ती पावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ । मंगलबार मातृभूमिको सेयर मूल्य १२७ रुपैयाँ ८१ पैसाले बढेर १ हजार ४०६ रुपैयाँ २० पैसा पुगेको छ । त्यस्तै पिपुल्स पावरको ५१ रुपैयाँ ८० पैसाले बढेर ५६५ रुपैयाँ ८० पैसामा आजको कारोबार बन्द भएको छ । आज दोल्ती पावरको ५५ रुपैयाँ ५० पैसाले बढेर ६१० रुपैयाँ ५० पैसा पुगेको छ ।

त्यसतै गुडविल फाइनान्सको सेयर मूल्य ९७ रुपैयाँ ३० पैसाले बढेर १ हजार ७० रुपैयाँ ८० पैसा पुगेको छ । जुन अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले बढी हो । आज सकारात्मक सर्किट लागेको न्यादी हाइड्रोपावरको सेयर मूल्य ३७ रुपैयाँ १० पैसाले बढेर ४०९ रुपैयाँ १० पैसामा आजको कारोबार बन्द भएको छ । जुन अघिल्लो दिनको भन्दा ९.९७ प्रतिशतले बढी हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal