Skip to content
Prabhu

डेडिकेटेड ट्रंकलाइन विवादः संसदमै लेखा समिति सभापति पोखरेलले लगाए मुर्दावादको नारा

काठमाडौं । नेकपा एमालेका सांसद तथा प्रतिनिधिसभाको लेखा समितिका सभापति ऋषिकेश पोखरेलले संसदभित्रै मुर्दावादको नारा लगाएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै समिति सभापतिसमेत रहेका पोखरेलले डेडिकेटेड ट्रंकलाइन वक्यौताको विषयमा आफ्नो चरित्र हत्या भएको भन्दै मुर्दावादको नारा लगाएका हुन् ।

सभापति पोखरेलले डेडिकेटेड ट्रंकलाइन बक्यौताको विषयमा प्राप्त प्रमाण तथ्यहरु भएको भन्दै प्राप्त प्रमाण तथ्यहरुलाई कसैले असत्य प्रमाणित गरे टुँडिखेलमा झुण्डिन तयार रहेको समेत बताए । ‘डेडिकेटेड ट्रंकलाइन बक्यौताका तथ्य र प्रमाण छन् । मेरा भनाइहरु कसैले असत्य प्रमाणित गरिदिनुस् । असत्य प्रमाणित गरिदिए मलाई टुँडिखेलमा राखेर झुण्ड्याउनुस् । म तयार छु,’ उनले भने, ‘इमानको चरित्र हत्या गरेर भ्रष्टहरुको पक्षपोषण गर्ने सबैप्रति सिङ्गो संसदमा सबै नेपालीले सुन्ने गरी मुर्दावाद छ मुर्दावाद छ ।’

डेडिकेटेड ट्रंकलाइन वक्यौताको विषयमा अख्तियारमाथि पनि प्रश्न उठेको उनको भनाइ छ । अख्तियारलाई २०७६ सालमा सार्वजनिक लेखा समितिले गम्भीर विषयमा अध्ययन र विश्लेषण गरी कारबाही गर्नु भनेर दिएको निर्देशनलाई लामो समयसम्म छलफल नगरेको र कारबाही नगर्दा आज गम्भीर परिस्थितिको सिर्जना भएको उनले बताए ।

‘डेडिकेटेड ट्रंकलाइन वक्यौताको विषयमा अख्तियार माथि पनि प्रश्न उठेको छ । अख्तियारलाई २०७६ सालमा सार्वजनिक लेखा समितिले यति गम्भीर विषयमा अध्ययन र विश्लेषण गरी कारबाही गर्नु भनेर दिएको निर्देशनलाई लामो समयसम्म छलफल गरेन र कारबाही नगर्दा आज गम्भीर परिस्थितिको सिर्जना भयो,’ उनले भने ।

त्यस्तै पोखरेलले विद्युत प्राधिकरणको १६ अर्ब छुट दिने क्रान्तिकारी हुने तर २२ अर्ब उठाउनुपर्छ भन्ने भ्रष्टचारी कसरी हुन्छ ? भन्दै प्रश्न समेत गरे । प्रचण्ड नेतृत्वको अघिल्लो सरकारले १६ अर्ब कुन सेटिङमा छुट गरिदिएको हो भन्दै उनले प्रश्न गरे ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal