Skip to content

आज सेयर बजारमा सकारात्मक सर्किट लागेका ११ कम्पनी

काठमाडौं । आज सेयर बजारमा रकम र परिसूचक दुवै बढ्यो । अघिल्लो दिन सामान्य करेक्सन भएको सेयर बजारमा आज दोहोरो अंकको सुधार भएको भने कारोबार रकममा पनि अघिल्लो दिनको भन्दा बढेको हो ।

आज सेयर बजारमा १५६ कम्पनीको सेयर मूल्य बढेको दिन ११ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज ९ वटा कम्पनीको सेयर मूल्य त १० प्रतिशतले नै बढेको छ । आज सेन्टल फाइनान्स, समृद्धि फाइनान्स, प्रोगेसिफ फाइनान्स, मातृभूमि लघुवित्त वित्तीय संस्था, हाइड्रो इलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, माउन्टेन हाइड्रो नेपाल, हिमालयन हाइड्रोपावर, इङवा हाइड्रोपावर र अपर स्याङ्गे हाइड्रोपावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।

आजको कारोबार बन्द हुँदा सेन्टल फाइनान्सको सेयर मूल्य ६७ रुपैयाँ ६० पैसाले बढेर ७४३ रुपैयाँ ६० पैसा पुगेको छ । त्यस्तै समृद्धि फाइनान्सको ६७ रुपैयाँ ६० पैसाले बढेर ७४३ रुपैयाँ ६० पैसा, प्रोगेसिभ फाइनान्सको ७२ रुपैयाँ ९० पैसाले बढेर ८०१ रुपैयाँ ९० पैसा र मातृभूमि लघुवित्तको सेयर मूल्य १४० रुपैयाँ ६० पैसाले बढेर १ हजार ५४६ रुपैयाँ ८० पैसा पुगेको छ ।

त्यस्तै हाइड्रो इलेक्टोसिटीको सेयर मूल्य ३० रुपैयाँ १० पैसाले बढेर ३३१ रुपैयाँ १० पैसा, माउन्टेन हाइड्रोको ३२ रुपैयाँ ६० पैसाले बढेर ३५८ रुपैयाँ ६० पैसा, हिमालयन हाइड्रोपावरको सेयर मूल्य ४६ रुपैयाँ ३० पैसाले बढेर ५०९ रुपैयाँ३० पैसा, इङवा हाइड्रोपावरको सेयर मूल्य ५६ रुपैयाँ ९० पैसाले बढेर ६२५ रुपैयाँ ९० पैसा र अपर स्याङ्गे हाइड्रोको सेयर मूल्य ६६ रुपैयाँ १० पैसाले बढेर ७२७ रुपैयाँ १० पैसामा आजको कारोबार बन्द भएको छ ।

त्यस्तै आजको कारोबार बन्द हुँदा गुडविल फाइनान्सको सेयर मूल्य १०७ रुपैयाँले बढेर १ हजार १७७ रुपैयाँ ८० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले बढी हो । त्यस्तै आज अपी पावर कम्पनीको सेयर मूल्य पनि ९.९७ प्रतिशत अर्थात् ३१ रुपैयाँ ४० पैसाले बढेर ३४६ रुपैयाँ ३० पैसामा कारोबार बन्द भएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life