Skip to content

तनहुँको आबुखैरेनीमा पक्की पुल निर्माण, लागत २ करोड ६२ लाख

nabil bank

तनहुँ । जिल्लाको आबुखैरेनी गाउँपालिका–२ र ३ को सिमानास्थित खहरेखोलामा २ करोड ६२ लाख ५७ हजार ७ सय ६७ मा पुल निर्माण सम्पन्न भएको छ ।

जिल्ला पूूर्वाधार विकास कार्यालयका अनुसार निर्धारित मितिभन्दा ११ महिना अगावै निर्माण पूरा भएको हो । निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीका प्रतिनिधि शेरबहादुर गुरुङलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय तथा उक्त कार्यालयका पदाधिकारीले मंगलबार सम्मान गरे।

पूर्वाधार विकास कार्यालयसँग २०८० मंसिर १३ गते १२ मिटर लामो पुल निर्माणका लागि चितवनस्थित भीमज्योति–छिम्केश्वरी जेभीले ठेक्का सम्झौता गरेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime