Skip to content

रिलायन्स फाइनान्सको साधारणसभा भदौ २० गते

nabil bank

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले साधारणसभा आह्वान गरेको छ । संस्थाको साउन २९ गते बसेको सञ्चालक समितिको बैठकले भदौ २० गतेका लागि साधारणसभाको मिति घोषणा गरेको हो ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०७९÷०८० को चौँधौं वार्षिक प्रतिवेदन पारित गर्ने छ । लेखापरीक्षकको प्रतिवेदन सहित आव २०७९÷८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गर्ने सभाको प्रस्ताव रहेको छ ।

यस संस्थाको लेखापरीक्षण समितिको सिफारिसबमोजिम साविकका लेखापरीक्षक सुन्दर एण्ड कम्पनीलाई आगामी आर्थिक वर्ष आव २०८०÷८१ का लागि कम्पनी रजिष्ट्रारको कार्यालयबाट लेखापरीक्षकमा नियुक्त गरेकोलाई अनुमोदन गर्ने सभाको एजेण्डा रहेको संस्थाले सूचनामार्फत जानकारी दिएको छ ।

सभामा यस रिलायन्स फाइनान्स तथा अन्य कुनै बैंक, विकास बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने र गाभिने (मर्जर), प्राप्ती तथा विलय गर्न उपयुक्त देखिएमा मर्जर प्राप्ति वा विलय गर्न, डीडीए गर्न, नियमनकारी निकायबाट आवश्यक स्वीकृति लिन तथा सो सम्बन्धमा सम्पूर्ण काम गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने छ ।

त्यस्तै सभा प्रायोजनका लागि भदौ ७ गते एक दिन संस्थाको सेयरधनी दर्ता किताब बन्द गते संस्थाले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi