काठमाडौं। दुईवटा व्यवसायी मुकुन्द तिमिल्सना र सुलभ अग्रवालको विवाद कम्पनी रजिष्ट्रारको कार्यालयमा प्रवेश गरेको छ ।
कम्पनी रजिष्ट्रारको कार्यालयले सुलभ अग्रवाललाई ७ दिनभित्र रजिष्ट्रारको कार्यालयमा उपस्थित उनको लागि बुधबार सार्वजनिक सूचना निकालेको छ ।
https://laganinews.com/2024/04/19/5123/
मुकुन्द तिमिल्सिनाले सुलभ अग्रवाललाई लगानी गरे अनुसारको हिमालयन रि इन्स्योरेन्सको सेयर नदिएको आरोप लगाएका छन् । सुलभ अग्रवालले माग अनुसारको सेयर दिएको भन्दै मुकुन्दले अनावश्यक दवाव मात्र दिएको जवाफ दिएका छन् ।
https://laganinews.com/2024/06/23/15354/
हिमालयन रि इस्योरेन्सको सेयरधनी कामख्या फिनकर्प सुलभ अग्रवाल र उनका श्रीमति सुभि अग्रवालले स्थापना गरेको कम्पनी हो । कामख्याको सेयरधनी जगदम्बा फिनकर्प तथा सुलभ र सुभीको नाममा रहेको सेयर किनेर कामख्या फिनपर्कमा मुकुन्द र उनका छोरा प्रवेश गर्छन् । यसको लागि मुकुन्दले ३४ करोड ८० लाख लगानी गरेका छन् । कामख्याको नाममा अहिले ६ लाख ७५ हजार कित्ता सेयर मात्र रहेको छ ।

कम्पनी रजिष्ट्रारको कार्यालयले सुलभ र उनका श्रीमति सुभि अग्रवालको नाममा ७ दिनभित्र कार्यालयमा उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको हो ।






प्रतिक्रिया दिनुहोस्