Skip to content
Prabhu

टिकटकर महिलालाई किन उड्न दिएन अमेरिकी एयरलाइन्सले ?

एजेन्सी । अमेरिकाकी २४ वर्षीया एक महिलाले हालैको एक अनौठो विमान यात्राको स्मरण सार्वजनिक गरेकी छन् । जसमा उनले अमेरिकन एयरलाइन्सले आफूलाई यात्रा गर्न प्रतिबन्ध गरेको बताइन् ।
टिकटकर एरिन राइटले ४ मिनेट ४७ सेकेन्डको भिडियो पोस्ट गर्दै उक्त जानकारी  दिएकी हुन् । उनको भिडियो एकाएक भाइरल भएपछि यो विषयले चर्चा पाएको हो । उक्त भिडियोलाई हालसम्म ३० लाखभन्दा बढीले हेरिसकेका छन् । उनले भिडियोमा आफू बहिनीको ब्याचलर पार्टीका लागि न्यू ओर्लिन्सको उडानमा चढ्नबाट उनलाई रोकिएको क्षण सम्झना गरेकी छन् ।
उनले आफूलाई उडानमा प्रतिबन्ध लगाएपछि आफूले अर्को उडानका लागि ४१ हजार तिर्नु परेको समेत उल्लेख गरेकी छन् । उनले आफूलाई एयरलाइन्सका तर्फबाट १२ दिनपछि इमेल गर्दै प्रतिबन्ध लगाउनुको कारण विमानको बाथरुममा एक पुरुषसँग यौन क्रियाकलापमा संलग्न भएको आरोप लगाइएको बताइने् । उनले आफू लेस्बियन भएको यो उक्त आरोप सरासर झुठो भएको समेत दाबी गरेकी छन् ।
उनले आफूले पनि एयरलाइन्सलाई इमेल पठाउँदै यो निकै हास्यास्पद विषय भएको तर आफू यस विषयमा गम्भीर भएको बताइन । पछि उनलाई नो फ्लाईको सूचीबाट हटाइएको समेत उल्लेख गरिन् । उनले आफू उक्त आरोपबाट मुक्त भए पनि आफूलाई आर्थिक रुपमा घाटा भएको बताएपछि एयरलाइन्सले टिकटवापतको चार हजार चार सय फिर्ता गरेको तर क्षतिपूर्ती भने नदिएको बताएन् ।
राइटले उक्त विषय सार्वजनिक गरेपछि धेरैले एयरलाइन्सविरुद्ध कानूनी कारबाही गर्न सुझाव दिएका छन् ।
गत अगस्ट ११ मा पोस्ट गरिएको एउटा पछिल्लो भिडियोमा, उनले आफ्नो गुमेको पैसा भिडियोका कारण पाउने आशा पलाएको बताइन् ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal