Skip to content
Prabhu

साढे ८२ प्रतिशतले बढ्यो सिद्धार्थ प्रिमियरको नाफा, इपीएस कति ?

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा साढे ८२ प्रतिशतले नाफा बढाएको छ । कम्पनीले सार्वजनिक गरेको गत आवको अपरिष्कृत वित्तीय विवरण अनुसार ८२.५२ प्रतिशतले नाफा वृद्धि भएको हो ।

इन्स्योरेन्स कम्पनीले गत आवको असार मसान्तसम्म ६९ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष इन्स्योरेन्सले ३७ करोड ९३ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । यो अवधिमा कम्पनीले ८२.५२ प्रतिशतले नाफा वृद्धि गरेको देखिन्छ ।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ७८.१२ प्रतिशत र कुल आम्दानी ५१.३४ प्रतिशत बढेको छ । सो अवधिमा इन्स्योरेन्सको खुद दाबी भुक्तानी ६१.८२ प्रतिशत बढेको छ भने कुल खर्च ५१.८६ प्रतिशत बढेको छ । नाफासँगै इन्स्योरेन्सको प्रतिसेयर आम्दानी (इपीएस) पनि बढेको छ । समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ११ रुपैयाँ १५ पैसा बढेर २४ रुपैयाँ ६७ पैसा पुगेको छ ।

सो अवधिसम्ममा इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ २७३ रुपैयाँ ५० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३५.५५ गुणा रहेको छ । २ अर्ब ८० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडामा २ अर्ब ५० करोड रुपैयाँ, महाविपत्ती कोषमा १८ करोड ९१ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा १ अर्ब ११ करोड ७३ लाख रुपैयाँ र अन्य इक्विटीमा १ अर्ब ६ करोड २२ लाख रुपैयाँ रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal