Skip to content
Prabhu

शिखर इन्स्योरेन्सले कमायो ५१ करोड बढी नाफा, प्रतिसेयर आम्दानी पनि उल्लेख्य बढ्यो

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा ५१ करोड बढी नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार असार मसान्तसम्म ५१ करोड ३० लाख रुपैयाँ खुदा नाफा कमाएको हो ।

कम्पनीले गत आर्थिक वर्षमा आर्जन गरेको नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२६.८७ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीको यस्तो नाफा २२ करोड ६१ लाख रुपैयाँ मात्रै रहेको थियो । वित्तीय विवरण अनुसार कम्पनीले गत आवमा आम्दानी बढाइ खर्च घटाएका कारण खुद नाफामा उल्लेख्य सुधार भएको देखिन्छ ।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क १३.३२ प्रतिशत र कुल आम्दानी ४.०६ प्रतिशत बढेको छ । सो अवधिमा इन्स्योरेन्सको खुद दाबी भुक्तानी ९.८२ प्रतिशत घटेको छ भने कुल खर्च ४.७४ प्रतिशत घटेको छ ।

नाफासँगै गत आवको अन्तिमसम्म इन्स्योरेन्सको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी १० रुपैयाँ ८१ पैसा बढेर १९ रुपैयाँ ३२ पैसा पुगेको छ । समीक्षा अवधिसम्ममा इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ पनि २०४ रुपैयाँ ५९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३७.४२ गुणा रहेको छ ।

२ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सको विशेष जगेडामा १ अर्ब ७१ करोड रुपैयाँ, महाविपत्ती कोषमा १४ करोड १२ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ३१ करोड ५१ लाख रुपैयाँ र अन्य इक्विटीमा ६० करोड १४ लाख रुपैयाँ रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal