Skip to content
Prabhu

हिमालयन रि इन्स्योरेन्सको नाफा १ अर्ब बढी, प्रतिसेयर आम्दानी र नेटवर्थ कति ?

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षमा १ अर्ब भन्दा बढी नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको गत आवको अपरिष्कृत वित्तीय विवरण अनुसार १ अर्ब २८ करोड रुपैयाँमा खुद नाफा गरेको हो ।

कम्पनीले यो अवधिमा अघिल्लो आर्थिक वर्षको भन्दा ९७.६४ प्रतिशतले नाफा वृद्धि गरेको छ । कम्पनीको यस्तो नाफा अघिल्लो आवको अन्त्यसम्ममा ६४ करोड ९४ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा कम्पनीको खुल आर्जित बीमाशुल्क ८२.७५ प्रतिशत बढेको छ भने कुल आम्दानी ६७.०९ प्रतिशत बढेको छ । त्यस्तै, कम्पनीको खुद दाबी भुक्तानी ४७.१९ प्रतिशत र कुल खर्च ५५.१२ प्रतिशत बढेको छ ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३ रुपैयाँ ६ पैसा बढेर १२ रुपैयाँ ३४ पैसा पुगेको छ । असार मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ४७.१५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ २६ पैसा रहेको छ ।

१० अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको विशेष जगेडामा १ अर्ब ९ करोड रुपैयाँ, महाविपत्ती कोषमा ११ करोड १० लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ५६ करोड ४३ लाख रुपैयाँ र अन्य इक्विटीमा २ करोड ७४ लाख रुपैयाँ सञ्चित छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal