Skip to content
Prabhu

खराब कर्जा घटेसँगै डिप्रोक्स लघुवित्तको नाफामा सुधार

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा सुधार भएको छ । खराब कर्जा घटेसँगै कम्पनीको नाफामा सुधार देखिएको हो ।

कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आवको तुलनामा ३३१.९१ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले गत आवको अन्त्यसम्ममा ५८ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा लघुवित्तले १३ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी सामान्य बढेपनि खराब कर्जा घटेपछि लघुवित्तको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २४.०६ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी २१.१८ प्रतिशत बढेको छ । त्यस्तै, लघुवित्तको खुद सञ्चालन आम्दानी २२.२८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २४१.६२ प्रतिशत बढेको छ । गत असार मसान्तसम्ममा लघुवित्तको इम्पेरमेन्ट चार्ज ९ करोड ८७ लाख रुपैयाँ रिभर्स भएको छ ।

लघुवित्तको खराब कर्जा समीक्षा अवधिमा ६.१५ प्रतिशतबाट घटेर २.८९ प्रतिशतमा झरेको छ । जसका कारण सञ्चालन मुनाफा र खुद नाफा उल्लेख्य बढ्न पुगेको हो । नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २५ रुपेयाँ ४१ पैसा बढेर ३४ रुपैयाँ ९ पैसा पुगेको छ । असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २४.६७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २१६ रुपैयाँ ८० पैसा रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal