Skip to content
Prabhu

सम्पदा लघुवित्तको नाफा ८ करोड ६० लाख

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था र साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्ज भइ बनेको सम्पदा लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा ८ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको गत आवको अपरिष्कृत वित्तीय विवरण अनुसार ८ करोड ६० लाख रुपैयाँ खुद नाफा गरेको हो ।

यो अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी ३० करोड ३० लाख रुपैयाँ रहेको छ भने खुद फि तथा कमिशन आम्दानी ६ करोड ४१ लाख रुपैयाँ रहेको छ । त्यस्तै, लघुवित्तको खुद सञ्चालन अम्दानी ३६ करोड ७१ लाख रुपैयाँ र सञ्चालन मुनाफा १२ करोड २८ लाख रुपैयाँ रहेको छ ।
असार मसान्तसम्ममा लघुवित्तको खराब कर्जा ४.८० प्रतिशत बढेको छ । सो अवधिसम्ममा लघुवित्तको इम्पेरमेन्ट चार्ज ७५ लाख रुपैयाँ रहेको छ । ७० करोड ८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको रिटेन्ड अर्निङ्ग १ करोड ७० लाख रुपैयाँ ऋणात्मक रहेको छ भने जगेडा कोष २९ करोड ८ लाख रुपैयाँ रहेको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तको प्रतिसेयर आम्दानी १२ रुपैयाँ २७ पैसा, प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ७ पैसा र मूल्य आम्दानी अनुपात ८६.९६ गुणा रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal