Skip to content
Prabhu

सिईडिबि हाइड्रोपावरको नाफा ३० प्रतिशतले घट्यो

काठमाडौं । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ । कम्पनीले सार्वजनिक गरेको गत आवको अपरिष्कृत वित्तीय विवरण अनुसार ३०.३९ प्रतिशतले नाफा घटेको हो ।

कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा ८ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष कम्पनीले ११ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको हो । आम्दानी घटेको र खर्च बढेका कारण कम्पनीको खुद नाफा घट्न पुगेको हो ।

समीक्षा अवधिमा कम्पनीको सेवा शुल्क, ब्याज र कमिशन आम्दानी १९.०४ प्रतिशत घटेको छ । तर, कम्पनीको प्रशासनिक खर्च र कुल खर्च क्रमशः १२४.२४ प्रतिशत र ११९.२० प्रतिशत बढेको छ ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ५ रुपैयाँ २३ पैसा घटेर ८ रुपैयाँ ८० पैसामा झरेको छ । असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ८१ पैसा रहेको छ भने मूल्य आम्दानी अुनपात १३१.६६ गुणा रहेको छ । ९३ करोड १७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४८ करोड २७ लाख रुपैयाँ सञ्चित छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal