Skip to content
Prabhu

एशियन लाइफको अधिकांश सूचकमा सुधार, मुनाफा ३६ प्रतिशतले बढ्यो

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सबै जसो सूचकमा सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको गत आवको असार मसान्तसम्मको वित्तीय विवरण अनुसार अधिकांश सूचकमा प्रगति देखिएको हो ।

विवरण अनुसार कम्पनीले गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको भन्दा ३६.९१ प्रतिशतले खुद नाफा बढाएको छ । आम्दानी बृद्धि तथा खर्च कटौति गरेका कारण एशियन लाइफको खुद मुनाफामा सुधार देखिएको हो । अघिल्लो आवको अन्त्यसम्ममा २४ करोड खुद नाफा कमाएको कम्पनीले चालु आवको समीक्षा अवधीमा ३२ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

कूल ३ अर्ब १५ करोड ५३ लाख चुक्ता पुँजी रहेको एशियन लाइफको जीवन बीमा कोष तीन अर्ब ७६ करोड ८१ लाख पुगेको छ । गत आवको यसै अवधीमा यस्तो कोषको आकार तीन अर्ब ७६ करोड ६५ लाख रुपैयाँ रहेको थियो । त्यस्तै जगेडा कोषमा ४९ करोड ३३ लाख रुपैयाँ संचित रहेको छ । कम्पनीले कूल ३४ अर्ब ५५ करोड रुपैयाँ लगानी गरेको छ । त्यस्तै ४ अर्ब ७८ करोड रुपैयाँ बीमितलाई ऋण लगानी गरेको छ । कम्पनीको लगानी ०.१९ प्रतिशतले बृद्धि भएको छ भने जीवन बीमा कोष ०.०४ प्रतिशतले बृद्धि भएको छ ।

समीक्षा अवधीमा कम्पनीले ८ अर्ब पाँच करोड १२ लाख कूल बीमा शुल्क संकलन गर्न सफल भएको छ । अघिल्लो वर्ष कम्पनीले ७ अर्ब १ करोड रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेको थियो । त्यस्तै, कुल खुद दावी भुक्तानी ५९.५२ प्रतिशतले बृद्धि भई दुई अर्ब ९२ करोडबाट बढेर चार अर्ब ६६ करोड पुगेको छ । कम्पनीको लगानी तथा कर्जाबाट प्राप्त आम्दानी २२.१३ प्रतिशतले बृद्धि भई तीन अर्ब ५५ करोडबाट बढेर चार अर्ब ३४ करोड नाघेको छ । त्यस्तै कमिशन खर्च भने ७१ करोड ५४ लाख रुपैयाँबाट बढेर ७२ करोड ७५ लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधीमा एशियन लाइफको प्रतिसेयर आम्दानी ९.६६ रुपैयाँ रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal