Skip to content
Prabhu

नेशनल लाइफको नाफा ६० प्रतिशतले बढ्यो, जीवन बीमा कोषको आकार ७७ अर्ब

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको नाफा ६० प्रतिशतले वृद्धि भएको छ । कम्पनीले सर्वाजनि गरेको गत आवको चौथो त्रैमासिकसम्मको वित्तीय विवरण अनुसार कम्प्नीको नाफा ६०.८९ प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार अधिकांश सूचकहरुमा उल्लेख्य सुधार देखिएको छ । कूल ५ अर्ब १ करोड चुक्ता पुँजी भएको नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले गत आवमा ४० करोड ६३ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा यस्तो नाफा २५ करोड २५ लाख रुपैयाँ रहेको थियो ।

वित्तीय विवरण अनुसार कम्पनीको जीवन बीमा कोषमा ७७ अर्ब ९३ करोड ७२ लाख रुपैयाँ संचित रहेको छ । कम्पनीको जीवन बीमा कोषको आकार गत आवको तुलनामा १९.१६ प्रतिशतले बृद्धि भएको देखिएको छ ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको जगेडा कोषमा दुई अर्ब ३४ करोड रुपैयाँ संचित रहेको छ । जगेडा कोष र जीवन बीमा कोष सहित कम्पनीको कूल कोषको आकार ७९ अर्ब नाघेको छ । गत आवको अन्त्यसम्ममा नेशनल लाइफले कूल १९ अर्ब २२ करोड १ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको व्यवसाय अघिल्लो आवको तुलनामा १४.३४ प्रतिशतले बृद्धि भएको देखिएको छ । त्यस्तै, कम्पनीको कुल दावी भुक्तानी ५.४२ प्रतिशतले बृद्धि भई आठ अर्ब ८३ करोड भुक्तानी गरेको छ ।

त्यस्तै, कम्पनीले लगानी तथा कर्जा लगानीबाट प्राप्त आम्दानी १७.०७ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आवमा ५ अर्ब ७६ करोड लगानी गरेको नेशनल लाइफले चालु आवको समीक्षा अवधीमा ६ अर्ब ७४ करोड रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले कमिशन बापतको रकममा गर्ने खर्च बद्धि १ अर्ब ८३ करोड ३० लाख रुपैयाँ रहेको छ । सो मध्ये अधिकांश बीमा अभिकर्ताहरुलाई कमिशन बापत भुक्तानी गरेको हो ।

समीक्षा अवधीमा नेशनल लाइफको प्रतिसेयर आम्दानी ८११ रुपैयाँ रहेको छ । समग्रमा नेशनल लाइफको वित्तीय विवरणमा उल्लेख्य प्रगति देख्न सकिन्छ । मुनाफा, जीवन बीमा कोष र व्यवसाय तथा लगानीबाट प्राप्त आम्दानी बृद्धि भएकोले कम्पनीले बीमितलाई दिने बोनस, लगानीकर्तालाई दिने प्रतिफल उच्च देखिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal