Skip to content
Prabhu

आइएमई लाइफको नाफामा उच्च वृद्धि, बीमा कोषको आकार ९ अर्ब ९९ करोड

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा नाफामा उल्लेख्य वृद्धि गरेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार १४५.०४ प्रतिशतले नाफा बढेको हो ।

कम्पनीले गत आवको अन्त्यसम्म ५१ करोड ४५ लाख रुपैयाँ खुद नाफा गरेको छ । जबकी अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको नाफा २० करोड ९९ लाख मात्रै थियो । गत आवको विवरण अनुसार कम्पनीको जीवन बीमा कोषको आकार पनि ४१.५७ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष ७ अर्ब ५ करोड ७४ लाख रुपैयाँ रहेको जीवन बीमा कोष गत वर्ष ९ अर्ब ९९ करोड १२ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको कुल बीमाशुल्क आम्दानी १३.२४ प्रतिशतले बढेर ४ अर्ब ७४ करोड ११ लाख रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्ष ४ अर्ब १८ करोड ६९ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा कुल दाबी भुक्तानी पनि ६.७६ प्रतिशतले वृद्धि भएर १ अर्ब २३ करोड १९ लाख रुपैयाँ पुगेको छ ।

गत आवमा कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँबाट बढेर १०.२९ रुपैयाँ पुगेको छ । नेटवर्थ १४५.५९ रुपैयाँ, पीई रेसियो ४४.०२ गुणा र सोल्भेन्सी रेसियो २.८ प्रतिशत छ । समीक्षा अवधिमा कम्पनीको लगानी ५२.८६ प्रतिशतले वृद्धि भएको छ । चुक्ता पुँजी २५ प्रतिशतले बढेर ५ अर्ब रुपैयाँ पुगेको छ । कम्पनीको बीमितमा प्रवाह हुने कर्जा ११.९४ प्रतिशतले वृद्धि भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal