Skip to content
Prabhu

गैरकानुनी रूपमा भित्र्याइएका सामान बरामद

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालयले भन्सार छलेर भित्र्याइएका ८ लाख ५८ हजार पाँच सय २० रुपैयाँ बराबरका लत्ताकपडा, खाद्यान्न र मोबाइलका पार्टस्लगायत सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीले बरामद भएका गरिएका सामान मंगलबार वीरगञ्ज भन्सार कार्यालयलाई बुझाएको जानकारी दिए । प्रहरीले आर्थिक वर्ष २०८०/८१ मा ५३ करोड ४७ लाख लाख मूल्य पर्ने भन्सार छली गरेर भित्र्याएका तथा बिलबिजक नभएका सामान बरामद गरेको थियो ।

सोही अवधिमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्र्वाटरले ३४ करोड २७ लाख ७८ हजार तीन सय ३३ मूल्यका बिलबिजक नभएका सामान बरामद गरेको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal