Skip to content
Prabhu

सिटिजन लाइफको बीमा कोषको आकार १४ अर्ब माथि, नाफा कति ?

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बीमा कोषको आधार १४ अर्ब भन्दा माथि पुगेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार बीमा कोषको आकार १४ अर्ब ४४ करो ८ २९ लाख रुपैयाँ पुगेको हो ।

गत आर्थिक वर्षमा बीमा कोषको आकार ४१.५४ प्रतिशतले बढेको हो । अघिल्लो आवको अन्त्यसम्ममा बीमा कोषको आकार १० अर्ब २० करोड ४१ लाख रुपैयाँ रहेको थियो ।

यो अवधिमा कम्पनीको खुद नाफा पनि २१६.५६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष १० करोड २५ लाख रुपैयाँ नाफा गरेको कम्पनीले गत आवमा ३२ करोड ४७ लाख रुपैयाँ नाफा कमाउन सफल भएको हो । कम्पनीको कुल बीमाशुल्क आम्दानी पनि ५.४७ प्रतिशतले बढेर ६ अर्ब २१ करोड ५३ लाख रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्ष ५ अर्ब ८९ करोड ३२ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा कम्पनीको कुल दाबी भुक्तानी भने ३.८४ प्रतिशतले घटेर १ अर्ब ८२ करोड ९८ लाख रुपैयाँमा सिमित भएको छ ।

कम्पनीले संस्थागत सुधार गर्दै १०.१६ प्रतिशतले कुल खर्च बढाएको छ । तर कमिसन खर्चमा भने १०.२० प्रतिशत कटौती गरिएको छ । गन वर्ष कम्पनीले लगानी भने उल्लेख्य मात्रा ५७.३३ प्रतिशतले बढाएको छ । आफ्ना बीमितलाई दिने कर्जा समेत २७.८७ प्रतिशतले बढाएको छ ।
समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ५० प्रतिशतले बढेर ३ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी ४.३३ रुपैयाँबाट बढेर ८.२५ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ १७६.९६ रुपैयाँ, पिई रेसियो ६६.०३ गुणा र सोल्भेन्सी रेसियो १.८२ प्रतिशत छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal