Skip to content
Prabhu

शतप्रतिशतले बढ्यो प्रभु महालक्ष्मी लाइफको नाफा र बीमा शुल्क आर्जन

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफा र बीमा शुल्क आर्जन शतप्रतिशतले वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको गत आवको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले नाफा र बीमा शुल्क आर्जनमा शतप्रतिशतको वृद्धि गरेको हो ।

समीक्षा अवधिमा कम्पनीको खुद नाफा १०४ प्रतिशतले बढेर ३६ करोड ६१ लाख रुपैयाँ पुगेको छ । कम्पनीले अघिल्लो आवको सोही अवधिमा १७ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । त्यस्तै कम्पनीले समीक्षा अवधिमा ४ अर्ब ३७ करोड २३ लाख कूल बीमा शुल्क संकलन गरेको छ । अघिल्लो आवको अन्त्यसम्ममा कम्पनीले २ अर्ब ५ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । कम्पनीको अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा ११३ प्रतिशतले बीमा शुल्क संकलन वृद्धि भएको छ ।

४ अर्ब २९ करोड चुक्ता पुँजी रहेको प्रभु महालक्ष्मी लाइफको जीवन बीमा कोष ४०.५० प्रतिशतले बढेर १० अर्ब २८ करोड ६९ लाख पुगेको छ । गत आवको यसै अवधीमा यस्तो कोषको आकार सात अर्ब ३२ करोड १९ लाख रुपैयाँ रहेको थियो । त्यस्तै जगेडा कोषको आकार पनि ७१ प्रतिशतले बृद्धि भई एक अर्ब १६ करोड १२ लाख रुपैयाँ संचित रहेको छ ।

कम्पनीले कूल १३ अर्ब ६२ करोड रुपैयाँ लगानी गरेको छ । त्यस्तै एक अर्ब ७ करोड रुपैयाँ बीमितलाई ऋण लगानी गरेको छ । कम्पनीको लगानी ३१ प्रतिशतले बृद्धि भएको छ भने बीमितलाई प्रदान गरेको कर्जा १३ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, कुल खुद दावी भुक्तानी २५ प्रतिशतले बृद्धि भई ८५ करोड रुपैयाँबाट १ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । कम्पनीको लगानी तथा कर्जाबाट प्राप्त आम्दानी १२४ प्रतिशतले बृद्धि भई ५५ करोड ८७ लाखबाट बढेर १ अर्ब २५ करोड नाघेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal