Skip to content
Prabhu

४२ प्रतिशतले घट्यो बुटवल पावरको नाफा

काठमाडौं । बुटवल पावर कम्पनीको नाफामा घटेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा ४२.१७ प्रतिशतले नाफा घटेको हो ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले विद्युत बिक्रीमाफर्त ६८ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.१६ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्ष कम्पनीको यस्तो आम्दानी ७२ करोड ४४ लाख रुपैयाँ थियो । विद्युत बिक्री आम्दानी घटेसँगै कम्पनीको खुद नाफा पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको खुद नाफा ४२.१७ प्रतिशत घटेर १७ करोड ६४ लाख रुपैयाँमा सीमति भएको छ । अघिल्लो आर्थिक वर्ष कम्पनीले ३० करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको कुल नाफा ११.४७ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा २५.७३ प्रतिशत घटेको छ । त्यस्तै, कम्पनीको वित्तीय आम्दानी पनि ५४.७५ प्रतिशत घटेको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३ रुपेयाँ ७७ पैसा घटेर ५ रुपैयाँ १७ पैसामा झरेको छ । असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ २०६ रुपैयाँ ६८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५९.९६ गुणा रहेको छ ।

३ अर्ब ४० करोड ९० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा ३ अर्ब ६२ करोड २१ लाख रुपैयाँ रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal