Skip to content
Prabhu

घोराही सिमेन्ट १ अर्ब बढीले नोक्सानीमा

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रि लिमिटेले नोक्सानी व्यहोरेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार १ अर्ब २१ करोड रुपैयाँ नोक्सानी व्यहोरेको हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी ६ करोड ३१ लाख रुपैयाँ नाफामा थियो । बिक्री आम्दानी घटेको र खर्च उल्लेख्य बढेका कारण कम्पनी नोक्सानीमा पुगेको हो ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ३.३० प्रतिशत र कुल नाफा ६९.०६ प्रतिशत घटेको छ। कम्पनीको वित्तीय खर्च भने समीक्षा अवधिमा ७९.२५ प्रतिशत बढेको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि ऋणात्मक भएको छ । सो अवधिसम्ममा कम्पनी २६ रुपैयाँ ६८ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ २०७ रुपैयाँ ९३ पैसा रहेको छ । ४ अर्ब ५६ करोड ७६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४ अर्ब ९२ करोड रुपैयाँ सञ्चित छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal