Skip to content
Prabhu

नाफा ४६ प्रतिशतले घटेको हिमालयन डिष्टिलरीको प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडको नाफामा भारी गिरवाट आएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो वर्षको तुलनामा ४६.५५ प्रतिशतले नाफा घटेको हो ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ३५ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष कम्पनीले ६६ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । सञ्चालन आम्दानी घटेसँगै कम्पनीको खुद नाफा घट्न पुगेको हो ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २६.५२ प्रतिशत घटेको छ भने कुल नाफा ३०.३९ प्रतिशत घटेको छ । त्यस्तै, कम्पनीको कुल सञ्चालन आम्दानी २७.१८ प्रतिशत र सञ्चालन मुनाफा ४४.११ प्रतिशत घटेको छ ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १३ रुपैयाँ ९८ पैसा घटेर १३ रुपैयाँ २१ पैसामा झरेको छ । असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ १० पैसा रहेको छ । २ अर्ब ६७ करोड २५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ६७ करोड ८ लाख रुपैयाँ सञ्चित छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal