Skip to content
Prabhu

सानिमा रिलायन्स लाइफको नाफा ३५ करोड बढी, अन्य सूचक कस्ता ?

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८०÷८१ मा ३५ करोड भन्दा बढी नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको गत आवको अपरिष्कृत वित्तीय विवरण अनुसार ३५ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

अधिकांश सूचक सकारात्मक रहेको कम्पनीले गत आर्थिक वर्षमा अघिल्लो आवको सोही अवधिको तुलनामा ५९.९१ प्रतिशतले नाफा वृद्धि गर्न सफल भएको छ । कम्पनीले अघिल्लो आवमा २१ करोड ९३ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा कम्पनीको कुल बीमा शुल्क आम्दानी ७४.२० प्रतिशतले बढेर ६ अर्ब १८ करोड ७२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ३ अर्ब ५५ करोड १८ लाख रुपैयाँ रहेको थियो ।

यता, कम्पनीको कुल दाबी भुक्तानी ८३.२७ प्रतिशतले बढेर ५ अर्ब ५४ करोड ७८ लाख रुपैयाँ पुगेको छ । कम्पनीको जीवन बीमा कोषको आकार समेत ३५.४७ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा १० अर्ब ९१ करोड ७६ लाख रुपैयाँ रहेको जीवन बीमा कोषमा गत आर्थिक वर्षसम्म अइपुग्दा १४ अर्ब ७९ करोड ३ लाख रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी४ अर्ब १८ करोड ४० लाख रुपैयाँ र जगेडा कोष सञ्चिति २९ प्रतिशतले बढेर १८ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । गत वर्ष असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ८.३८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १२७.८४ रुपैयाँ पुगेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal