Skip to content
Prabhu

हिमालयन लाइफको जीवन बीमा कोष र नाफा दुवै बढ्यो

काठमाडौं । गत आर्थिक वर्षमा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा कोष र नाफा दुवैमा उल्लेख्य सुधार भएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार बीमा कोष र नाफा दुवैमा उल्लेख्य सुधार भएको हो ।

वित्तीय विवरण अनुसार जीवन बीमा कोषको आकार २३.८३ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । यो अवधिमा कम्पनीको जीवन बीमा कोष ६४ अर्ब ५४ करोड भन्दा ठूलो छ । त्यस्तै यो अवधिमा जगेडा कोष, महाविपत्ती कोषसहित कूल कोषको आकार ६६ अर्ब ६४ करोड नाघेको छ । समीक्षा अवधीमा कम्पनीको मुनाफा २१.५९ ले बृद्धि भई ५२ करोडबाट बढेर ६३ करोड पुगेको छ ।

कूल ८ अर्ब २ करोड चुक्ता पुँजी भएको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीलेगत आवमा बीमा व्यवसाय ११.०९ प्रतिशतले बृद्धि गर्न सफल भएकोछ । जसमा प्रथम बीमा शुल्कको बृद्धि १२.४४ प्रतिशत रहेको छ । कम्पनीले समीक्षा अवधीमा सिंगल प्रिमियमको साहारा नलिई प्रथम बीमा शुल्क उल्लेख्य बृद्धि गर्न सफल भएको हो । प्रथम बीमा शुल्क र नविकरण बीमा शुल्क दुवै बृद्धि गर्न सफल भएकोले हिमालयन लाइफ उत्साह र सक्रियतापूर्वक जीवन बीमा व्यवसायलाई अघि बढाइरहेको देखिन आएको छ ।

समीक्षा अवधीमा कम्पनीको कूल लगानी २३.५६ प्रतिशतले बृद्धि गरी कर्जा तथा लगानीबाट प्राप्त हुने आम्दानीमा समेत बृद्धि गर्न सफल भएको छ । त्यस्तो आम्दानी पाँच अर्ब ४१ करोडबाट बढेर छ अर्ब ४० करोड पुगेको छ । त्यस्तै हिमालयन लाइफ नविकरण बीमा शुल्क १२ अर्ब ६४ करोडबाट बढेर १४ अर्ब एक करोड पुगेको छ । समीक्षा अवधीमा कम्पनीले १४ हजार ३१ वटा दावी भुक्तानी गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ७.९० रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ पुगेको छ । प्रतिसेयर कूल सम्पत्तिको मूल्य ९६६.२६ रुपैयाँ रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal