Skip to content
Prabhu

मेट लाइफको मुनाफा ३४ प्रतिशतले घट्यो

काठमाडौं । मेट अमेरिकन लाइफ इन्स्योरेन्सको नाफा घटेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार ३४.१४ प्रतिशतले नाफा घटेको हो ।

कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार ५० करोड ४१ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ७६ करोड ५४ लाख रुपैयाँ थियो । गत वर्ष कम्पनीको कुल बीमाशुल्क आर्जन ७.९२ प्रतिशतले बढेर ५ अर्ब ६७ करोड ८९ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्ष ५ अर्ब ५ अर्ब २६ करोड २२ लाख रुपैयाँ थियो । यससँगै कम्पनीको कुल दाबी भुक्तानी पनि करीब १३ प्रतिशतले वृद्धि भएर ३ अर्ब २३ करोड ५२ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको बीमा कोष १२.७८ प्रतिशतले बढेर २६ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्ष २३ अर्ब ८७ करोड १४ लाख रुपैयाँ मात्रै थियो । गत वर्ष कम्पनीको लगानी ९.०७ र बीमितमा प्रवाह गर्ने कर्जा १२.०९ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष कम्पनीको कर्जा तथा लगानीबाट हुने आय ९.२१ प्रतिशतले बढेको छ भने समीक्षा अवधिमा संस्थागत सुधारका लागि कम्पनीले १३.०९ प्रतिशतले कुल खर्च पनि बढाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal