Skip to content
Prabhu

प्रि ओपन सेसनमा १३ अंक बढ्यो नेप्से

काठमाडौं । बुधबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक १३ अंक बढेको छ । आजको प्रि ओपन सेसनमा नेप्से १३ दशमलव १५ अंकले बढेको हो ।

आजको प्रि ओपन सेसनको कारोबार बन्द हुँदा नेप्से परिसूचक २९३६ दशमलव ६२ विन्दुमा पुगेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १ दशमलव ५९ अंक बढेको छ ।

बुधबार प्रि ओपन सेसनमा १०४ स्टकको ४३८ पटकको कारोबारमा ६ करोड ५९ लाख ९९ हजार ३८३ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा ९५ हजार ३७९ कित्ता सेयर खरिदबिक्री भएको छ । जसमध्ये ७१ स्टकको मूल्य बढेको छ भने २३ स्टकको मूल्य घटेको छ । बाँकी १० स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal