Skip to content
Prabhu

सामान्य घट्यो नेको इन्स्योरेन्सको मुनाफा

काठमाडौँ । नेको इन्स्योरेन्स कम्पनीको नाफा सामान्य घटेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आवको भन्दा २.७२ प्रतिशतले नाफामा गिरवाट आएको हो ।

गत आवमा कम्पनीको नाफा ६८ करोड ५७ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा यस्तो नाफा ७० करोड ५० लाख रुपैयाँ रहेको थियो । कम्पनीको खर्च बढ्दा नाफा प्रभावित हुन पुगेको देखिएकोे छ ।

गत आवमा कम्पनीको कुल बीमा शुल्क आर्जन २.६७ प्रतिशतले घटेर २ अर्ब ९५ करोड २४ लाख ४१ हजार रुपैयाँ र खुद बीमा शुल्क आर्जन ७.३३ प्रतिशतले घटेर १ अर्ब ६६ करोड १२ लाख रुपैयाँ पुगेको हो । यसअवधिमा कम्पनीको बीमा कोषको आकार ११.१८ प्रतिशतले बढेर ३ अर्ब ४६ करोड ९६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको बीमा कोष ३ अर्ब १२ करोड ७ लाख रुपैयाँको रहेको थियो ।

समिक्षा अवधिमा कम्पनी दाबी भुक्तानी ३७.५८ प्रतिशतले घटेर १ अर्ब ३ करोड ५० लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ३५.०३ रुपैयाँबाट घटेर ३४.०७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २७२.८१ रुपैयाँ रहेको छ । असार मसान्तसम्ममा कम्पनीको चुक्तापुँजी २ अर्ब १ करोड २३ लाख रुपैयाँ र जगेडा कोषमा सञ्चिति ३ अर्ब ४७ करोड ७६ लाख रुपैयाँ रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal