काठमाडौं । एलआइसी नेपालको नाफा घटेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा ६८.३१ प्रतिशतले खुद नाफा घटेको हो ।
कम्पनीले गत आवमा २३ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको नाफा ७५ करोड रहेको थियो । नाफा घटेपनि कम्पनीको जीवन बीमा कोषको आधार भने सावा खर्ब बढी पुगेको छ । विवरण अनुसार गत आर्थिक वर्षमा जीवन बीमा कोषको आकार १ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ ।
कूल २ अर्ब ६५ करोड ३२ लाख चुक्ता पुँजी भएको एलआईसी नेपालको जीवन बीमा कोषको आधार अघिल्लो आवसम्म १ खर्ब ६ अर्ब रुपैयाँ रहेको थियो । यस अवधिमा कम्पनी जीवन बीमा कोषको आकार १३.२० प्रतिशतले बढाउन सफल भएको छ । समीक्षा अवधिमा कम्पनीको जगेडा कोष ३ अर्ब ३२ करोडबाट बृद्धि भई ३ अर्ब ५७ करोड रुपैयाँको बन्न पुगेको छ । कम्पनीले जगेडा कोषको आकार ७.६५ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले कूल १ खर्ब ७ करोड रुपैयाँ लगानी गरेको छ । त्यस्तै २२ अर्ब रुपैयाँ बीमितलाई ऋण लगानी गरेको छ ।
कम्पनीको लगानी १५.६८ प्रतिशतले बृद्धि भएको छ भने कर्जा प्रवाह १.५२ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको व्यवसाय ३.६५ प्रतिशतले बृद्धि भई १७ अर्ब ४७ करोडबाट बढेर १८ अर्ब १० करोड नाघेको छ । त्यस्तै, कम्पनीको खुद बीमा शुल्क आम्दानी १८ अर्ब ६ करोड रहेको छ ।
समीक्षा अवधीमा एलआईसी नेपालको कूल खर्च ७.३२ प्रतिशत बढेर दुई र्ब ५५ करोडबाट २ अर्ब ७४ करोड पुगेको छ भने लगानी तथा कर्जाबाट प्राप्त ब्याज आम्दानी १०.१६ प्रतिशतले बृद्धि भई ११ अर्ब ७० रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।
प्रतिक्रिया दिनुहोस्