काठमाडौं । अरुण काबेली पावर लिमिटेडको विद्युत बिक्री आम्दानीमा भारी गिरवाट आएको छ । कम्पनीले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार विद्युत बिक्री आम्दानी ६२.८२ प्रतिशतले घटेको हो ।
कम्पनीले गत आवको अन्त्यसम्ममा विद्युत बिक्रीमाफर्त २३ करोड ७३ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्ष कम्पनीको यस्तो आम्दानी ६३ करोड ८२ लाख रुपैयाँ थियो । विद्युत बिक्री आम्दानी घटेसँगै कम्पनी नोक्सानीमा पुगेको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा १ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको यस कम्पनीले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ३० करोड १८ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ ।
समीक्षा अवधिमा कम्पनीको कुल नाफा ८१.४१ प्रतिशत घटेको छ भने अन्य आम्दानी २५२.१९ प्रतिशत बढेको छ । कम्पनीको कुल खर्च समीक्षा अवधिमा १३.९३ प्रतिशत घटेको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि ऋणात्मक भएको छ । असार मसान्तसम्ममा कम्पनीको प्रतिसेय रआम्दानी ७ रुपैयाँ ७५ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ९५ रुपैयाँ ५६ पैसा रहेको छ।
३ अर्ब ८९ करोड ५९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष १७ करोड २९ लाख रुपैयाँ ऋणात्मक छ ।
प्रतिक्रिया दिनुहोस्