Skip to content
Prabhu

१९७ प्रतिशतले बढ्यो निर्धन उत्थान लघुवित्तको नाफा

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उल्लेख्य सुधार भएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार अघिल्लो आवको भन्दा ९७.९९ प्रतिशतले नाफामा वृद्धि भएको हो ।

लघुवित्तले गत आवको अन्त्यसम्ममा लघुवित्तले ५० करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा लघुवित्तले यस्तो नाफा १६ करोड ९९ लाख रुपैयाँ रहेको थियो । लघुवित्तको खुद ब्याज आम्दानी सामान्य घटेपनि इम्पेरमेन्ट चार्ज घटेका कारण खुद नाफामा सुधार देखिएको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७.८१ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी २१९.०२ प्रतिशत बढेको छ । त्यस्तै, लघुवित्तको खुद सञ्चालन आम्दानी ६.७७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १८९.६२ प्रतिशत बढेको छ । समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा ९.८७ प्रतिशतबाट बढेर १०.६० प्रतिशत पुगेको छ । यद्यपि लघुवित्तको इम्पेरमेन्ट चार्ज भने ८७ करोडबाट घटेर ४३ करोडमा झरेको छ । जसका कारण खुद नाफा र सञ्चालन मुनाफा उल्लेख्य बढेको हो ।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ३५ करोड ७५ लाख रुपैयाँ ऋणात्मक रहेको लघुवित्तको वितरणयोग्य मुनाफा गत आर्थिक वर्ष ३ करोड ७५ लाख रुपैयाँ धनात्मक भएको छ । सो अवधिसम्ममा लघुवित्तको वितरणयोग्य प्रतिसेयर आम्दानी १ रुपैयाँ ४४ पैसा रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी पनि बढेको छ । सो अवधिमा लघुवित्तको यस्तो आम्दानी १२ रुपैयाँ ८८ पैसा बढेर १९ रुपैयाँ ३९ पैसा पुगेको छ । असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३६.७२ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १९८ रुपैयाँ ६१ पैसा रहेको छ ।

२ अर्ब ६१ करोड २० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २ अर्ब ५७ करोड रुपैयाँ सञ्चित छ । चौथो त्रैमासको अन्त्यसम्ममा लघुवित्तले २३ अर्ब ५ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट २३ अर्ब ९३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal