Skip to content
Prabhu

बैंकिङ प्रणालीबाट ४० अर्ब खिच्दै केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । बैंकहरूमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज फेरि एकैपटक ४० अर्ब रुपैयाँ तान्ने भएको हो ।

अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट आज फेरि ४० अर्ब रुपैयाँ तान्न लागेको हो । यसका लागि आज अपराह्न ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।

यो २१ दिने निक्षेप संकलन उपकरणको भदौ १९ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal