Skip to content
Prabhu

सानिमा बैंकका ग्राहकलाई रिभरसाइड स्प्रिङ्स रिसोर्टमा १० प्रतिशत छुट

काठमाडौं । सानिमा बैंकका ग्राहकहरुलाई रिभरसाइड स्प्रिङ्स रिसोर्टमा विशेष छुटको व्यवस्था गरिएको छ । डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न सिटिजन बैंकले रिभरसाइड स्प्रिङ्स रिसोर्ट प्रालिसँग नयाँ सम्झौता गरेको हो ।

नयाँ सम्झौताअनुसार सानिमा बैंकका ग्राहकले सानिमा भिसा डेबिट÷क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ एप प्रयोग गरी डिजिटल भुक्तानी गर्दा रिभरसाइड स्प्रिङ्स रिसोर्टका विभिन्न सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । यसैगरी बैंकले ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइट पनि उपलब्ध छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal