Skip to content
Prabhu

नेपाल माइक्रो इन्स्योरेन्सको नाफा २९ लाख बढी

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा २९ लाखभन्दा बढीको नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार २९ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको हो

यो कम्पनीले अघिल्लो आवमा ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत वर्ष कम्पनीले ५ करोड १५ लाख ८४ हजार रुपैयाँ कुल बीमाशुल्क र १ करोड ८५ लाख ३८ हजार खुद बीमाशुल्क आर्जन गरेको छ । गत वर्षमा कम्पनीले ७ करोड १६ लाख ६९ हजार कुल आम्दानी गरेको छ ।

५२ करोड ५० लाख चुक्ता पुँजी रहेको यस कम्पनीको बीमा कोषमा ५ करोड ८५ लाख ७६ हजार रुपैयाँ छ । गत वर्ष कम्पनीले ६६ करोड ६७ हजार रुपैयाँको दाबी भुक्तानी गरेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ०.५६ रुपैयाँ छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal