Skip to content
Prabhu

३५४ यात्रु बोकेको भारतीय विमान लन्डन जाँदै गर्दा समस्या देखिएपछि फर्कियो

एजेन्सी । मुम्बईबाट लन्डन जाँदै गरेको एयर इन्डियाको एउटा विमान प्राविधिक समस्याका कारण पुनः मुम्बई फर्किएको छ । समाचारसंस्थामा जनाइएअनुसार उक्त समस्या विमान उडान क्रममा देखिएको थियो ।

विमानले बुधबार मुम्बईबाट उडान भरेको थियो । विमानमा ३५४ जना यात्रु सवार थिए । तर, उडान क्रममा पाइलटले विमानको क्याबिनमा दबाबसम्बन्धी केही प्राविधिक समस्या देखिएको बताएपछि विमानलाई पुनः मुम्बई फर्काइएको थियो ।

एयर इन्डियाले एक वक्तव्य जारी गर्दै मुम्बईबाट लन्डन जाँदै गरेको विमान प्राविधिक खराबीका कारण मुम्बई फर्किएको पुष्टि गरेको छ । एयरलाइन्सले यात्रुहरूलाई गन्तव्यमा पु¥याउन वैकल्पिक व्यवस्था गरिसकेको जानकारी दिएको छ । एयर इन्डियाले यात्रुहरूको इच्छाअनुसार टिकट रद्द गर्न पूर्ण धनराशि फिर्ता गर्ने र कुनै अन्य मितिमा टिकट पुनः तालिका बनाउन प्रस्ताव गरेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal