Skip to content
Prabhu

इभी बजारः  १० मिनेटमै ब्याट्री चार्ज गर्न सकिने चिनियाँ कम्पनी जिर्कको दाबी

एजेन्सी । चिनियाँ कार निर्माता जिर्कले आफ्नो नयाँ इलेक्ट्रिक सवारी साधन ब्याट्रीहरू बीवाईडी र टेस्ला जस्ता गाडीका ब्याट्रीको तुलनामा छिटो चार्ज हुने दाबी गरेको छ । कम्पनीले आफूले उत्पादन गरेका ब्याट्री १० देखि ८० प्रतिशत क्षमतामा चार्ज गर्न जम्मा १० दशमलव ५ मिनेट लाग्ने दाबी गरेको छ ।
यसको तुलनामा, एलोन मस्कको टेस्लाले भने १५ मिनेटको चार्जले मोडल ३ कार १७५ माइल अर्थात् २८२ किलोमिटर यात्रा तय गर्न सक्ने जनाएको छ । जुन फूल चार्जभन्दा केही कम हो ।
जिर्कको  २०२५ ००७ सेडान  कार अर्को सातादेखि बजारमा उपलब्ध हुनेछ । कम्पनीले चिसो मौसममा पनि ब्याट्री राम्रोसँग चल्नेछ ।  कम्पनीले अत्यधिक  चिसो माइनस १० सेन्टिग्रेडमा पनि ८० प्रतिशतसम्म आधा घण्टामै चार्ज गर्न सकिने जनाएको छ । कम्पनीले टेस्लाको चार्जिङ प्रविधि अग्रणी नरहेको समेत जिकिर गरेको छ ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal