Skip to content
Prabhu

झण्डै शतप्रतिशत नाफा बढाएको चन्द्रागिरि हिल्स प्रतिसेयर आम्दानी कति ?

काठमाडौं ।चन्द्रागिरि हिल्स लिमिटेडले गत आर्थिक वर्षमा झण्डै शतप्रतिशतले नाफा बढाएको छ । कम्पनीले सार्वजनिक गरेको गत आवको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आवको भन्दा ९९.३९ प्रतिशतले नाफा बढेको हो ।

वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले २२ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ११ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यो अवधिमा कम्पनीले झण्डै शतप्रतिशत नाफा वृद्धि गर्न सफल भएको छ । कम्पनीको आम्दानी बढेसँगै खुद नाफा पनि बढ्न पुगेको हो ।

समीक्षा अवधिमा कम्पनीको आम्दानी ९.४९ प्रतिशत बढेको छ भने कुल आम्दानी ८.८० प्रतिशत बढेको छ । कम्पनीको अन्य आम्दानी भने समीक्षा अवधिमा २८.०२ प्रतिशत घटेको छ । गत एक वर्षको कम्पनीको कुल खर्च २९.३७ प्रतिशत बढेको छ ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ७ रुपैयाँ २६ पैसा बढेर १४ रुपैयाँ ५६ पैसा पुगेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ९५ रुपैयाँ ३९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६२.३६ गुणा रहेको छ । १ अर्ब ५३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष ७ करोड ६ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal