Skip to content
Prabhu

राष्ट्रिय जीवन बीमा कम्पनीको नाफामा उछाल, इपीएस कति ?

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले गत आर्थिक वर्षमा उल्लेख्य नाफा कमाएको छ । गत वर्ष कम्पनीले १५ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

कम्पनीले गत आवमा कमएको सो नापा अघिल्लो आवको सोही अवधिमा भन्दा १४५.४५ प्रतिशतले धेरै हो । अघिल्लो आवमा कम्पनीको खुद नाफा ६ करोड २६ लाख रुपैयाँ रहेको थियो । कम्पनीको जीवन बीमा कोषको आकार पनि १६.७२ प्रतिशतले बढेर ५३ अर्ब ८५ करोड ११ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षमा यस्तो बीमा कोष ४६ अर्ब १३ करोड ७५ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ७८.६१ रुपैयाँले बढेर ११३.२० रुपैयाँ पुगेको छ ।

गत वर्षको असार मसान्तसम्म कम्पनीको कुल बीमाशुल्क आर्जन ६.३७ प्रतिशतले बढेर ९ अर्ब ४ करोड ८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो बीमाशुल्क आर्जन साढे ८ अर्ब मात्रै थियो । यससँगै कम्पनीको कुल दाबी भुक्तानी पनि २२.४८ प्रतिशतले वृद्धि भएर ५ अर्ब २५ करोड ९० लाख रुपैयाँ पुगेको छ । कुल चुक्ता पुँजी १८ करोड १० लाख २० हजार रुपैयाँ रहेको यस कम्पनीको रिजर्भ फण्डको आकार ३१.७० प्रतिशतले वृद्धि भएर ६३ करोड ८४ लाख रुपैयाँ पुगेको छ भने लगानी ९.६५ प्रतिशतले वृद्धि गरेको छ ।

कम्पनीले संस्थागत सुधारका लागि ६.१६ प्रतिशतले कुल खर्च वृद्धि गरेको छ । कर्जा तथा लगानीबाट हुने आम्दानीमा समेत ३४ प्रतिशतको वृद्धि देखिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal