Skip to content
Prabhu

प्रिओपन सेसनमा करिब २२ अंकले बढ्यो नेप्से

काठमाडौं । साताको अन्तिम कारोबार दिनको प्रिओपन सेसनमा नेप्से परिसूचक करिब २२ अंक बढेको छ । आजको प्रिओपन सेसनमा नेप्से २१ दशमलव ८४ अंकले बढेको हो ।

आजको प्रिओपन सेसनपछि नेप्से परिसूचक २९७९ दशमलव ५९ विन्दुमा पुगेको छ । त्यस्तै, आजको प्रिओपन सेसनमा सेन्सेटिभ इण्डेक्स ५ दशमलव ५४ अंक बढेको छ ।

बिहीबार प्रि ओपन सेसनमा १२१ कम्पनीका ५४ हजार ५२१ कित्ता सेयर ४६८ पटक खरिद बिक्री हुँदा २ करोड ८६ लाख ७६ हजार २९४ रुपैयाँ बराबरको कारोबार भएको छ । आजको प्रिओपन सेसनमा ८५ स्टकको मूल्य बढेको छ भने २० स्टकको मूल्य घटेको छ । बाँकी १६ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal