काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य सामान्य बढेको छ । आज नेपाल बजारमा छापावाला सुनको मूल्य अघिल्लो दिनकै मूल्यमा कारोबार भइरहेको छ भने चाँदी तोलामा ५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि छापावाला सुनको मूल्यत तोलामा १ लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि सोही मूल्यमा सुनको कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । बिहीबार चाँदी १ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी तोलामा १ हजार ७ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ४५.०३ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २७.७५ डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्