Skip to content
Prabhu

आम्दानी घटेसँगै सोनापुर मिनरल्सको खुद नाफा ऋणात्मक

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आम्दानी घटेसँगै खुद नाफा ऋणात्मक भएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको आम्दानीसँगै नाफा ऋणात्मक भएको हो ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले १ अर्ब ६३ करोड ९९ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.२२ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्ष कम्पनीको सञ्चालन आम्दानी १ अर्ब ७३ करोड रुपैयाँ थियो ।

आम्दानी घटेसँगै कम्पनीको खुद नाफा ऋणात्मक भएको छ । अघिल्लो आर्थिक वर्ष २ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले गत आर्थिक वर्ष ४६ करोड ९२ लाख रुपैयाँ नोक्सानी व्यहोर्नु परेको छ । समीक्षा अवधिमा कम्पनीको कुल नाफा ७९.९७ प्रतिशत घटेका छ भने अन्य आम्दानी ९९.१२ प्रतिशत घटेको छ । सो अवधिसम्ममा कम्पनीको सञ्चालन मुनाफा १३ करोड ४६ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

३ अर्ब ७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा २९ करोड २१ लाख रुपैयाँ रहेको छ । गत असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ २६ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ २४ पैसा रहेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal