काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले प्रमुख कार्याकारी अधिकृत (सीईओ) मा कृषबहादुर अधिकारी नियुक्त भएका छन् । कम्पनीको साउन ३० गते बसेको सञ्चालक समितिको निर्णयअनुसार अधिकारीलाई सीईओमा नियुक्त गरिएको हो ।
उनको नियुक्ति भदौ २ गतेदेखि लागु हुने छ । बैंकको सीईओ ७ महिनादेखि रिक्त रहेको थियो । अधिकारी नेपाल बैंकको पूर्व सीईओ हुन् ।
प्रतिक्रिया दिनुहोस्