Skip to content
Prabhu

नेपाल टेलिकमको नाफामा १६ प्रतिशतको गिरावट, प्रतिसेयर आम्दानी पनि घट्यो

काठमाडौं । नेपाल टेलिकमको नाफा गत आर्थिक वर्षमा अघिल्लो आवको सोही अवधिको तुलनामा घटेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरणअनुसार १६.४४ प्रतिशतले नाफा घटेको हो ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ६ अर्ब ६१ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.४४ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्ष कम्पनीको खुद नाफा ७ अर्ब ९२ करोड १ लाख रुपैयाँ थियो । आम्दानी घटेसँगै कम्पनीको खुद नाफा पनि घट्न पुगेको हो ।

समीक्षा अवधिमा कम्पनीको आम्दानी ४.९९ प्रतिशत घटेको छ भने वित्तीय आम्दानी १६.६८ प्रतिशत घटेको छ । त्यस्तै, कम्पनीको कुल आम्दानी समीक्षा अवधिमा ६.३२ प्रतिशत घटेको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ ।

समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ७ रुपैयाँ २४ पैसा घटेर ३६ रुपैयाँ ७७ पैसामा सीमित भएको छ । सो अवधिसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ५२५ रुपैयाँ ४३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २२.९८ गुणा रहेको छ । १८ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७६ अर्ब ५७ करोड रुपैयाँ सञ्चित छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal