काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको नाफा सामान्य बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आवको तुलनामा ७.७५ प्रतिशतले बढेको हो ।
समीक्षा अवधिमा कम्पनीको खुद नाफा भने ७.७५ प्रतिशत बढेको छ । अघिल्लो आर्थिक वर्षमा २ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले गत आर्थिक वर्ष २ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको वित्तीय खर्च बढेका कारण खुद नाफामा दबाब पुगेको हो।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ८ करोड ५४ लाख रुपैयाँ आम्दानी गरेको थियो । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.२२ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको आम्दानी ६ करोड ९३ लाख रुपैयाँ थियो ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २२.३२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १०.३८ प्रतिशत बढेको छ । त्यस्तै, कम्पनीको वित्तीय खर्च समीक्षा अवधिमा २१.७३ प्रतिशत बढेको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३२ पैसा बढेर ४ रुपैयाँ ४७ पैसा पुगेको छ । सो अवधिसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १०० रुपैयाँ ७५ पैसा रहेको छ ।
५९ करोड ६३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७७ लाख ७३ हजार रुपैयाँ मात्र सञ्चित छ ।
प्रतिक्रिया दिनुहोस्