Skip to content
Prabhu

मोदी इनर्जीले शतप्रतिशत हकप्रद निष्कासन गर्ने

काठमाडौं । मोदी इनर्जी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्कासन गर्नका लागि विद्युत नियमन आयोगमा आवेदन दिएको हो ।

साउन ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको हो । कम्पनीले बैंकको ऋण चुक्ता गर्नका लागि हकप्रद निष्काशन गर्न लागेको बताएको छ ।

आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् कम्पनीले सो दरमा हकप्रद सेयर निष्कासन गर्ने छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal