Skip to content
Prabhu

क्रेष्ट माइक्रो लाइफको मुनाफा ४० लाखमाथि

काठमाडौं । क्रेष्ट माइक्रो इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा ४० लाखभन्दा धेरै नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले ४० लाख २ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

कम्पनीले गत आवमा भने ४४ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । अघिल्लो वर्ष ६३ हजार रुपैयाँ मात्रै रहेको जीवन बीमा कोषको आकार उल्लेख्य मात्रामा बढेर ४ करोड ७१ लाख ५० हजार रुपैयाँ कायम भएको छ । गत वर्ष कम्पनीले ८८ लाख रुपैयाँ बढीको दाबी भुक्तानी गरेको छ ।

गत वर्ष कम्पनीको कुल बीमाशुल्क आर्जन ९ करोड ७६ लाख रुपैयाँ बढी भएको छ । अघिल्लो वर्ष यो ६३ हजार रुपैयाँ मात्रै थियो । ५२ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीले गत वर्षमा ५३ करोड ३० लाख रुपैयाँ लगानी गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ०.७६ रुपैयाँ छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal