Skip to content
Prabhu

स्टार माइक्रो इन्स्योरेन्सको नाफा १७ लाख ८८ हजार

काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा १७ लाखभन्दा बढी नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको गत आवको अपरिष्कृत वित्तीय विवरण अनुसार १७ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको हो ।

कम्पनीले गत वर्ष बीमितलाई करीब ८ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी दिएको छ । यस कम्पनीले कर्जा तथा लगानीबाट गत वर्ष साढे ४ करोड रुपैयाँ आम्दानी गरेको छ । प्रतिसेयर आम्दानी ०.३४ रुपैयाँ रहेको यस कम्पनीको गत वर्षको कुल खर्च ५ करोड ६ लाख रुपैयाँमाथि छ ।

कुल चुक्ता पुँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको यस कम्पनीको बीमा कोषमा ६४ लाख ९५ हजार रुपैयाँ छ । गत वर्षमा कम्पनीले १ करोड ६६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal