Skip to content
Prabhu

आज सेयर बजारमा कारोबार रकमले नयाँ रेकर्ड बनाउला ?

काठमाडौं । आज पनि सेयर बजारमा कारोबार रकम नयाँ रेकर्डको नजिक पुग्ने देखिएको छ । पछिल्लो समय लगातार बढिरहेको सेयर कारोबार रकम आज पनि उच्च विन्दुमा पुग्नेतर्फ अघि बढिरहेको हो ।

दिउसो साढे १ बजेसम्मको अवधिमा सेयर बजारमा १७ अर्ब भन्दा बढीको कारोबार भएको छ । यहि गतिमा कारोबार भइरहेको खण्डमा आज सेयर बजारमा अहिलेसम्मकै उच्च कारोबारको रेकर्ड बन्ने देखिन्छ । सेयर बजारमा साउन २८ गते अहिलेसम्मकै उच्च कारोबार २७ अर्ब २४ करोड २० लाख ३४ हजार ७६५ रुपैयाँको कारोबार भएको थियो ।

साउन २८ गतेको कारोबार रकमको रेकर्ड ब्रेक गर्नका लागि अब बाँकी रहेको समयमा सेयर बजारमा करिब ११ अर्बको कारोबार हुन्नु पर्छ । दिउसो साढे १ बजेसम्म सेयर बजारमा १७ अर्ब ४३ करोड ११ लाख ४२ हजार ५०५ रुपैयाँको कारोबार भएको छ ।

दिउसो साढे १ बजेसम्मको अवधिमा नेप्से परिसूचक पनि २ प्रतिशतले बढेको छ । यो अवस्थामा नेप्से परिसूचक ५९ दशमलव १८ अंकले बढेर ३०१६ दशमलव ९४ विन्दुमा पुगेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal