Skip to content
Prabhu

निर्जीवन बीमा कम्पनीको मुनाफा ५२ प्रतिशतले बढ्यो, १४ कम्पनीले कमाए ७ अर्ब बढी खुद नाफा

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०८०/८१ मा अघिल्लो आर्थिक वर्षको भन्दा उल्लेख्य नाफा आर्जन गरेका छन् । कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विरणअनुसार १४ वटा निर्जीव बीमा कम्पनीले गत आर्थिक वर्षमा अघिल्लो आवको तुलनामा ५२.८१ प्रतिशतले खुद नाफा वृद्धि गरेका हुन् ।

कम्पनीहरुले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार १४ वटा निर्जीवन बीमा कम्पनीहरुले ७ अर्ब ४३ करोड १३ लाख रुपैयाँ बढी नाफा कमाएका छन् । निर्जीव बीमा कम्पनीहरुको यस्तो नाफा अघिल्लो आवको अन्तिमसम्ममा ४ अर्ब ८६ करोड ३१ लाख रुपैयाँ रहेको थियो । वित्तीय विवरण सार्वजनिक गरेका कम्पनीमध्ये १२ वटा कम्पनीको नाफा वृद्धि भएको छ भने २ वटा कम्पनीको नाफा घटेको छ ।

१४ वटा निर्जीव बीमा कम्पनीहरुमध्ये गत आर्थिक वर्षमा सबैभन्दा धेरै मुनाफा आर्जन गर्ने कम्पनीमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स रहेको छ । यो कम्पनीले गत आर्थिक वर्षमा ६१ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो कम्पनीले अघिल्लो आवको भन्दा गत आवमा १५६.६७ प्रतिशतले नाफा वृद्धि गरेको छ । यो कम्पनीको अघिल्लो आवको मुनाफा २३ करोड ८४ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै, गत आवमा धेरै मुनाफा गर्ने कम्पनीको दोस्रो नम्बरमा शिखर इन्स्योरेन्स रहेको छ । यो कम्पनीले पनि अघिल्लो आवको भन्दा १२६.८७ प्रतिशतले नाफा वृद्धि गरेको छ । यो कम्पनीले गत आवसम्मको अवधिमा ५१ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष यो कम्पनीको यस्तो नाफा २२ करोड ६१ लाख रुपैयाँ थियो ।

समीक्षा अवधिमा धेरै नाफा कमाउनेको तेस्रो नम्बरमा प्रभु इन्स्योरेन्स रहेको छ । यो कम्पनीले गत आवमा ४९ करोड ८ लाख रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो आवको भन्दा ११८.१३ प्रतिशतले धेरै हो । अघिल्लो आवमा कम्पनीको यस्तो मुनाफा २२ करोड ५० लाख रुपैयाँ थियो ।

समीक्षा अवधिमा युनाइटेड अजोड इन्स्योरेन्सले पनि नाफामा उल्लेख वृद्धि गरेको छ । कम्पनीले अघिल्लो आवको भन्दा १०८.११ प्रतिशतले नाफा बढाउन सफल भएको छ । कम्पनीको अघिल्लो आवमा १८ करोड ५१ लाख रुपैयाँ नाफा कमाएकोमा गत आवको अन्त्यसम्ममा ३८ करोड ५२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । त्यस्तै, यस अवधिमा नेपाल इन्स्योरेन्सले ७० करोड ६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको भन्दा ८७.७९ प्रतिशतले बढी हो ।

यो कम्पनीले अघिल्लो आवमा ३७ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । त्यस्तै समीक्षा अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ६० करोड ८९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको भन्दा ८३.९५ प्रतिशतले धेरै हो । यो कम्पनीको मुनाफा अघिल्लो आवको अन्त्यसम्मा ३३ करोड १० लाख रुपैइाँ रहेको थियो ।

वित्तीय विवरणअनुसार गत आवको अन्त्यसम्ममा दि ओरियण्टल इन्स्योरेन्सको नाफा ५९ करोड ६१ लाख रुपैयाँ पुगेको छ । यो कम्पनीको नाफा अघिल्लो आवको सोही अवधिमा ३२ करोड ५१ लाख रुपैयाँ रहेको थियो । गत आवमा अघिल्लो आवको तुलनामा यो कम्पनीले ८३.३७ प्रतिशतले नाफा वृद्धि गर्न सफल भएको छ ।

समीक्षा अवधिमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा ६९ करोड २३ लाख रुपैयाँ पुगेको तछ । यो अघिल्लो आवको भन्दा ८२.५२ प्रतिशतले धेरै हो । अघिल्लो आवको अन्त्यसम्मका कम्पनीको नाफा ३७ करोड ९३ लाख रुपैयाँ रहेको थियो ।

यो अवधिमा नेशनल इन्स्योरेन्सको नाफा २६ करोड ६६ लाख रुपैयाँ पुगेको छ । यो कम्पनीकाले अघिल्लो आवमा १७ करोड ५५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । एक वर्षको अवधिमा यो कम्पनीले ५१.९७ प्रतिशतले नाफा बढाएको छ ।

त्यस्तै अघिल्लो आवको भन्दा गत आर्थिक वर्षमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले ५).०८ प्रतिशतले नाफा बढाएको छ । अघिल्लो आवको अन्त्यसम्ममा ४४ करोडढ ५० लाख नाफा आर्जन गरेको कम्पनीले गत आवको सोही अवधिसम्ममा ६६ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

त्यस्तै, यस अवधिमा एनएलजी इन्स्योरेन्सको दुख नाफा २५ करोड ३३ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको तुलनामा २१.७७ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा २० करोड ८० लाख रुपैयाँ थियो ।

समीक्षा अवधिमा सानिमा जिआइसी इन्स्योरेन्सले ३३ करोड ७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ। जुन अघिल्लो आवको भन्दा २०.९२ प्रतिशतले धेरै हो । यो कम्पनीले अघिल्लो आर्थिक वर्षमा २७ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

गत आर्थिक वर्षमा नाफा कटाएका दुई कम्पनी मध्ये नेको इन्स्योरेन्सले ६८ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको भन्दा २.७४ प्रतिशतले कम हो। कम्पनीले अघिल्लो आवमा ७० करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

नाफा घट्ने अर्को कम्पनीमा सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनीको नाफा १८.८० प्रतिशतले घटेको हो । कम्पनीले गत आवमा ६२ करोड ७३ लाख रुपैयाँ नाफा कमाएको छ । जबकि अघिल्लो आवको सोही अवधिमा कम्पनीको खुद मुनाफा ७७ करोड २५ लाख रुपैयाँ रहेको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal