Skip to content
Prabhu

सार्वजनिक बसहरुमा जीपीएस र सीसी क्यामरा अनिवार्य

काठमाडौं । अब सार्वजनिक यातायातमा अनिवार्य रुपमा जीपीएस र सीसी क्यामरा जडान गर्नुपर्ने भएको छ । गृह मन्त्रालयले एकपत्र काट्दै १२ बुँदे निर्देशन जारी गरेसँगै सार्वजनिक यातायातमा अनिवार्य जीपीएस र सिसी क्यामरा जडान गर्नुपर्ने भएको हो ।

मन्त्रालयले अबदेखि सम्पूर्ण सवारी साधनमा जीपीएस ट्र्याकिङ प्रणाली र तीव्र गति नियन्त्रण गर्न सवारी साधनमा गति सीमित गर्ने उपकरण जडान गर्ने भनेको छ । साथै, आ–आफ्ना सार्वजनिक सवारी साधनमा सिसिटिभि र ट्रान्सपोन्डरको ब्यवस्था गर्ने निर्देशन दिएको छ ।

पछिल्लो समय सवारी साधन दुर्घटना बढी रहेको मन्त्रालयले कम गर्ने यस्तो निर्देशन दिएको हो । मन्त्रालयले यात्रुहरुलाई टिकट काटेर मात्र यात्रा गराउने, अनलाइन टिकट प्रणालीको विकास गरी कार्यान्वयन गर्ने र मुलुकभर चल्ने सवारी साधनको तेस्रो पक्ष बीमा अनिवार्य गर्ने भनेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal