Skip to content
Prabhu

राष्ट्र बैंकद्धारा दुई मनिचेञ्जर कम्पनीको इजाजतपत्र रद्द

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई मनिचेञ्जर कम्पनीको इजाजतपत्र रद्द गरेको छ । राष्ट्र बैंकले रेन्चो मनि एक्स्चेञ्ज ठमेल, र कसा मनि एक्स्चेञ्ज पुल्चोकको इजाजतपत्र रद्द गरेको हो ।

राष्ट्र बैंकले सूचना जारी गरेर यी दुई कम्पनीले समयमा नवीकरण नगरेकाले इजाजतपत्र रद्द गरिएको जनाएको छ । मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियावली, २०७७ (चौथो संशोधनसहित)को विनियम १९ को उप–विनियम (३) मा भएको व्यवस्थाबमोजिम तोकिएको समयमा नवीकरण नगरेकाले इजाजतपत्र रद्द गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal